Trending
flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

पर्यटकीय क्षेत्रमा गस्ती गर्न पर्यटक प्रहरीलाई ई–साइकल

पर्वत : पर्यटकीय राजधानी पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षा सुदृढीकरणका लागि पर्यटक प्रहरीलाई ई–साइकल वितरण गरिएको छ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी र चुनौतीलाई मध्यनजर गरेर दुईवटा ई–साइकल वितरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए।

पर्यटक प्रहरीमा स्रोत साधनको अभावमा हुने स–साना समस्याहरूलाई समाधान गर्न तथा पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्नको लागि पर्यटन बोर्ड पोखराले ती साइकलहरू उपलब्ध गराएको हो।

पोखरामा स्वदेशी तथा विदेशी पर्यटकहरूको बी आवतजावत हुने स्थानहरूमा गस्ती गरी सुरक्षित पर्यटकीय वातावरणको महसुस हुने गरी काम गर्न अझ बढी उत्प्रेरणा र वातावरण बनेको प्रहरी उपरीक्षक थापाले बताए। प्रहरी उपरीक्षक थापासहित वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्यागमन कार्यालय कास्कीका प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगदीश रेग्मी लगायतको उपस्थितिमा नेपाल पर्यटन बोर्डका निमित्त कार्यालय प्रमुख नवीन पोख्रेलले पर्यटक प्रहरीलाई साइकलको चाबी हस्तान्तरण गरेका थिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराद्वारा चालु आर्थिक वर्षमा विनियोजित बजेटअन्तर्गत ती साइकलहरू खरिद गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP