Trending
flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

‘नेकपा एस अवसरवादी हो, सुदूरमा समीकरण फेरिए पनि केही फरक पर्दैन’

एमालेको अभियान भनेकै मिसन ०८४ हो : ओली

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका छन्। अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा काँग्रेसनिकट भए मात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

सोमबार पार्टी संसदीय दलको बैठकमा उनले काँग्रेस नजिक भएर सत्ता समिकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोपसमेत लगाए। उनले सुदूरपश्चिम प्रदेशमा काँग्रेस केन्द्रित समिकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगबाट प्रकट भएको जिकिर पनि गरे।

काँग्रेस लगायतका विपक्षहरुको आशा पलाउने तथा जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भएपनि पैदा हुनेगरी नेकपा एसले सो निर्णय लिएको ओलीको भनाइ थियो। उनले कम्युनिष्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरुलाई कमजोर पार्ने खालको भूमिका नेकपा एसको देखिए पनि आफ्नो पार्टी समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ मिसन २०८४ लाई सफल पार्न लागिरहने बताए।

ओलीले भने, ‘अराजनीतिक प्रवृत्ति बहुतै हावी भएको छ। हिजो मात्रै एस भन्ने पार्टी छ एउटा। हिजो मात्रै प्रधानमन्त्रीको दावी गर्ने, मुख्यमन्त्रीको दाबी गर्नेकुरा थियो। सुदूरपश्चिममा। त्यसका एकीकृत समाजवादी के नामको पार्टी, त्यसले त्यस प्रकारको अराजनीतिक निर्णय लियो। जुन सही दिशामा राजनीति फर्किंदै थियो। अहिले यतिबेला आन्तरिक रुपमा त्यसमा विपक्षहरुको आशा पलाउने गरी जनतामा आशंका, अन्यौल र निराशा केही मात्रामा भए पनि पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो। एस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो। यसैले कुनै फरक पार्नेवाला छैन। यसले केही फरक पार्नेवाला छैन।’

अध्यक्ष ओलीले नेकपा एमालेको ध्यान आगामी निर्वाचनमा बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने रहेकाले त्यसलाई सफल बनाउन लागिपर्ने बताए।

सुदूरपश्चिममा सत्ता गठबन्धनविरुद्ध अर्को गठबन्धन बनेको छ। नागरिक उन्मुक्ति पार्टीसहित एकीकृत समाजवादी र नेपाली कांग्रेसको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्‍यमन्त्रीमा आइतबार दाबी पेस भएको छ।

यता, नाउपाकै कैशाल चौधरीलाई नेकपा एमाले र माओवादी केन्द्रले पनि मुख्‍यमन्त्रीमा समर्थन गर्दै दाबी पेस गरेका छन्। एउटै पार्टीबाट दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख भने कानुनी परामर्शमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP