लुम्बिनी र पुलिस तथा बागमती र सुदूरपश्चिमको खेल जारी  

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।

जनकपुरमा बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ। बागमतीले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ थालेको छ। सुदूरपश्चिम प्रदेश ५ खेलमा ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

बागमती भने समान खेलमा ४ अंकसहित तालिकाको आठौँ स्थानमा छ।

यस्तै वीरगंजमा लुम्बिनी प्रदेश र पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहको छ। टस हारेको लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ।

५ खेलमा ७ अंक जोडेको पुलिस तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा ५ अंक जोडेको लुम्बिनी पाँचौ स्थानमा छ। यसअघि हिजो भएका खेलमा गण्डकीले कोशीलाई र एपीएफले कर्णाली प्रदेशलाई पराजित गरेका थिए। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP