ञ्जुश्री ट्रेल रेसको आयोजना

काठमाडौं : मञ्जुश्री ट्रेल रेसको आयोजना हुने भएको छ।

प्रतियोगिता अप्रिल १७ देखि १९ सम्म चन्द्रगिरीको पातली वन रिसोर्टबाट सुरु भए पूरा काठमाडौं घुमेर त्यहीं गएर टुंगिने छ। प्रतिस्पर्धामा १०० माइल्स, ८०, ५० , २० र १० किलोमिटर गरेर कुल पाँच स्पर्धा समावेश गरिएको छ।

प्रतियोगितालाई लिएर आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यो दौड एसियाली ट्रेल मास्टर्सको छनोट रहेको पनि जनाएको छ। यो दौड मञ्जुश्रीको धार्मिक तथा ऐतिहासिक कथासँग जोडिएको छ । यसको सम्बन्ध काठमाडौं उपत्यकाको उत्पतिसँग रहेको छ।

यस प्रतियोगिताका उद्देश्य साहसी र वातावरणमैत्री खेलमार्फत पयर्टन प्रवर्द्धन गर्नु, नेपालको प्राकृति सौन्दर्य र ट्रेल विश्वसामु प्रस्तुत गर्नु, स्थानीय समुदायका धावकलाई सहयोग र सशक्त बनाउनु, स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्नु र काठमाडौंको वास्तकविक बनोटको अवलोक र परिचित गर्नु हुन्।

त्यसैले यो केवल प्रतिस्पर्धा मात्र होइन्, दिगोपन र सचेतनाको अभियान पनि हो। पत्रकार सम्मेलनको अवसरमा आयोजकको अध्यक्ष नारायण आचार्य, रेस डाइरेक्टर आशिष मिश्र र एम्बेस्डर रसिला तामाङसँगै बोर्ड सदस्य जीवन लामा, सासा श्रेष्ठ र दीवकर शाहले जानकारी दिएका थिए। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP