Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

‘प्रभावकारी भएन रेडियो शिक्षण कार्यक्रम’ : कतै सकियो, कतै चल्दै

इलाम – कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण विद्यालय ठप्प भएपछि इलामका दुई पालिकामा सुरु गरिएको रेडियो शिक्षण कार्यक्रमको प्रभाव कम मात्र परेको पाइएको छ । 

सबै विद्यार्थीका घरमा रेडियो नहुनु र रेडियो भएकाले पनि नियमित विद्युत् सेवाको पहुँचमा नहुँदा नियमित सुन्न नपाउनु जस्ता कारणले प्रभाव कम मात्र परेको पाइएको हो । पालिकाले स्थानीय एफएम रेडियोलाई कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी एक महिने रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरेको हो । 

मोबाइलबाट रेडियो बजाएर कार्यक्रम सुनी हाले पनि रेडियो शिक्षण बुझ्न नै गाह्रो भएको इलाम नगरपालिका ३ को श्री विणापाणी माध्यमिक विद्यालयका विद्यार्थी ललित सुनुवारले बताउनुभयो । ‘कार्यक्रम सुनेर नबुझेकै कारण अहिले सबै शिक्षक हाम्रो घर घरमा आएर गृहकार्य दिने, अध्ययन गराउने गर्न थाल्नु भएको छ’, उहाँ भन्नुहुन्छ, ‘दुई जना शिक्षक हप्तामा दुई दिन प्रत्येक विद्यार्थीको घर घरमा आउन थाल्नु भएको छ, यसबाट भने पढ्न अलि सहज भएको छ ।’

पालिकाले रेडियो शिक्षण चलाएकै कारण यसैको आधारमा शैक्षिक सहजीकरण गर्ने योजना विद्यालयले बनाएको थियो । तर दश प्रतिशत विद्यार्थीले मात्र कार्यक्रम सुनेको पाइएकोले घर घर शिक्षक अभियान सुरु गरेको श्री वीणापाणी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यकुमार राईले जानकारी दिनुभयो । 

बिहान ११ बजेदेखि ३ बजेसम्म दुई/दुई शिक्षक हरेक विद्यार्थीका घर घरमा गएर अध्यापन सुरु गरिएको प्रधानाध्यापक राईको भनाइ छ । 

यस्तै इलाम नगरपालिका ४ को बालमण्डल माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भने रेडियो शिक्षण कार्यक्रम सुन्न सल्लाह दिइएको विद्यालयले जनाएको छ । गाउँका स्थान भित्ते, चापगैरी, मलातेलगायतका स्थानमा शिक्षकले गाउँ गाउँमा गएर रेडियो शिक्षाका बारेमा जानकारी गराएको विद्यालयका प्रधानाध्यापक मनबहादुर खत्रीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘रेडियो शिक्षाका बारेमा जानकारी गराउँदा सबै विद्यार्थी रेडियोको पहुँचमा नरहेको पाइयो । केही विद्यार्थीले भने कार्यक्रम सुनेका नै छन् तर प्रभाव भने न्यून मात्र परेको पाइयो ।’ 

प्रदेश सरकारले शैक्षिक क्षति न्यूनीकरणका लागि पालिकालाई चार लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । यही रकमबाट इलाम नगरपालिकामा रहेको सामुदायिक एफएम रेडियो, रेडियो नेपालवाणी एफएमबाट गएको असार ११ गतेबाट रेडियो शिक्षा सुरु भएको हो । बजिरहेको रेडियो शिक्षा शिक्षण कार्यक्रम गएको साउन ११ गते नै सकिएको रेडियो शिक्षा समितिले जनाएको छ । 

इलाम नगरपालिकामा जम्मा सामुदायिक विद्यालय ४९ वटा छन् संस्थागत विद्यालय भने १३ वटा रहेका छन् । गएको वर्षको भर्नादरका आधारमा पूर्वप्राथमिक तह (शिशु शिक्षा) मा तीन सय ४५ छात्रा र तीन सय २८ छात्र गरी ६ सय ७३ जना विद्यार्थी छन् । 

यस्तै आधारभूत तहमा एक हजार नौ सय छात्रा र नौ सय ३० छात्रसहित १९ सय ३९ विद्यार्थी छन् । निम्न माध्यमिक तहमा सात सय ९७ छात्रा र आठ सय ९५ छात्र गरी एक हजार ६ सय ९० जना विद्यार्थी रहेका छन् ।

यसैगरी माध्यमिक तहमा भने ६ सय ८९ छात्रा र पाँच सय ६४ छात्र गरी एक हजार दुई सय ६४ छन् भने कक्षा ११ र १२ मा भने दुई सय ३७ छात्र र चार सय ८३ गरी कुल सात हजार एक सय ६८ जना रहेका छन् । 

रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरिएको अर्को पालिका हो, सूर्योदय नगरपालिका । यस पालिकामा भने असार १७ गतेबाट कार्यक्रम सुरु भएको हो । सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिर सेकेण्डरी स्कुलका विद्यार्थीलाई रेडियो शिक्षाभन्दा पनि घुम्ती शिक्षणका माध्यमबाट विद्यार्थीलाई सक्रिय बनाइएको शिक्षक डम्बर कट्टुवालले बताउनुभयो । 

करफोक विद्या मन्दिरका विद्यार्थीका लागि नौ स्थानमा घुम्ती शिक्षा सुरु गरिएको हो । विद्यालयमा क्वरेण्टीन बनाइएको र सिल गरिएकाले घुम्ती शिक्षा नै उचित ठानिएको विद्यालयले जनाएको छ । रेडियो शिक्षा भने केही विद्यार्थीले मात्रै सुनेको पाइएको शिक्षक कट्टुवालले जानकारी दिनुभयो । 

प्रदेश सरकारले विनियोजन गरेका बजेटबाट पालिकाका दुई र झापाको एक गरी तीन वटा एफएम रेडियोबाट रेडियो शिक्षा शिक्षण कार्यक्रम सञ्चालन गरिएका हुन् । 

सूर्योदय नगरपालिकाका फिक्कल एफएम, बुद्धवाणी एफएम र झापाको आगन एफएमबाट कार्यक्रम सञ्चालन गर्न दिइएको सूर्योदय नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कार्यक्रम सञ्चालन गर्नुअघि विभिन्न वडामा माइकिङसमेत गरेका थियौँ ।’ यसको पूर्ण प्रभाव परेको भट्टराईको भनाइ छ । यस पालिकामा भने साउन १७ गते कार्यक्रम सकिनेछ । 

सूर्योदय नगरपालिकामा ६५ सामुदायिक र ३० वटा संस्थागत गरी ९५ विद्यालय छन् । पूर्वप्राथमिक (शिशु कक्षा) मा एक हजार आठ सय ९७, आधारभूत तहमा तीन हजार नौ सय ९२, निम्न माध्यमिक तहमा दुई हजार ६ सय ७१, माध्यमिक तहमा एक हजार सात सय ९१ र कक्षा ११ र १२ मा नौ सय ६ जना गरी कुल १९ हजार तीन सय ५७ जना विद्यार्थी रहेका छन् । 

जिल्लाका १० पालिकामध्ये तीन पालिका एफएम रेडियोका पहुँचमा छन् । जसमा इलाम, सूर्योदय नगरपालिका र माङ्गसेबुङ्ग गाउँपालिका रहेका छन् । दुई पालिकाले भने रेडियो शिक्षा सञ्चालन गरेको छ । माङ्गसेबुङ्ग गाउँपालिकाले भने शैक्षिक क्षति न्यूनीकरणका लागि विनियोजित बजेट सदुपयोग गर्न नसक्दा फ्रिज भएको पालिकाका शिक्षा अधिकृत टङ्क खरेलले जानकारी दिनुभयो । 

घुम्ती कक्षालाई पहिलो र रेडियो कक्षालाई दोस्रो विकल्पमा राखिएको छ । तेस्रोमा टेलिभिजन, चौथोमा कम्प्युटर र पाँचौँमा इन्टरनेट कक्षालाई वैकल्पिक सिकाइका रुपमा उल्लेख गरिएको छ । यी पाँच विकल्पमध्ये पहुँचका आधारमा पालिकाले सिकाइ गर्न सक्ने प्रावधान राखिएको छ । सङ्घीय सरकारले राखेका पाँच विकल्पमध्ये जिल्लाका प्रायः पालिकाले रेडियो कक्षालाई प्राथमिकता दिएको पाइएको छ ।  

शिक्षा मन्त्रालयले जेठ २०७७ मा जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७’ असार १ गतेदेखि कार्यान्वयनमा आएपछि ठाउँ ठाउँमा सिकाइ सहजीकरण कार्यक्रम भइरहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP