Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ११ बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-४ स्थित बुद्धनगर महिला समूहका सदस्यहरुलाई सर्फ र हार्पिक बनाउने ३ दिने पुनर्ताजगी एडभान्स सीप विकास तालिम सम्पन्न भएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने, घरेलु उत्पादनमार्फत आम्दानी वृद्धि गर्ने तथा सीपलाई व्यवसायमा रुपान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रेनु पाण्डेले जानकारी दिए । तालिममा सहभागी महिलाहरुलाई सर्फ र हार्पिक उत्पादन गर्ने व्यावहारिक ज्ञान तथा बजार व्यवस्थापनबारे समेत जानकारी दिइएको थियो ।

तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सीपमूलक तालिमले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सहयोग पुग्ने बताउँदै उनले सीप सिकेर घरमै बसेर पनि उत्पादन गर्न सकिने बताए । उनले यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन महिलाहरुले पहल गर्नुपर्नेमा जाेड दिए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि हुनुका साथै स्वरोजगार सिर्जनामा टेवा पुग्ने उल्लेख गरे । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके महिलाहरुको आयआर्जनमा प्रत्यक्ष सुधार जिकिर गरे ।

यसैगरी बुद्धनगर महिला समूहकी अध्यक्ष सरिता पाण्डेले तालिमले सदस्यहरुमा नयाँ उत्साह थपिएको बताउँदै उनले सिकेको सीपलाई प्रयोग गरेर समूहमार्फत उत्पादन सुरु गर्ने योजना बनाएको बताइन् । तालिममा सहभागी महिलाहरुले यस्ता कार्यक्रमले आत्मविश्वास बढाएको र आगामी दिनमा व्यवसाय सञ्चालन गर्न सहज हुने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमलाई ४ का वडा अध्यक्ष तिलकराम कँडेल, कार्यपालिका सदस्य टंक बहादुर विश्वकर्मा, मिना सुनार लगायतले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP