Trending
समाज सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग राजनीति हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा अन्तर्राष्ट्रिय भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु flash नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै खेल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल समाज गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु flash प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल flash मिश्रले दिए जनजागृतिका ६० विद्यार्थीलाई न्यानो कपडा अन्तर्राष्ट्रिय क्याम्बोडिया–थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा flash जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था

चन्द्रौटामा आँखा शिविर र रक्तदान कार्यक्रम सम्पन्न

कार्यक्रममा ३७ ले गरे रक्तदान, शिविरमा २५० बढीको आँखा जाँच

चन्द्रौटा(कपिलवस्तु), २८ मंसिर ।

हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेड चन्द्रौटाको आयोजनामा चौथो रक्तदान, निःशुल्क आँखा शिविर कार्यक्रम गरिएको छ ।

चन्द्रौटास्थित आवर मदरल्याण्ड एकेडेमी प्राङ्गणमा आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने मूल नारासहित आयोजित रक्तदान कार्यक्रममा बुटवल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।

रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सहकारीले चौथो पटक रक्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए । हामीले दान गरेको रगतबाट जो कोहीले पनि जीवनदान पाउने विश्वासका साथ रक्तदान जस्तो पुण्य कार्यलाई निरन्तरता दिएको सुवेदीले बताए ।

यसैगरी सोही कार्यक्रमस्थलमा रण अम्बिका शाह आँखा अस्पताल कृष्णनगर शाखाको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा २सय ५० बढीले आँखा जाँच गराएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिए । आँखा जाँचका क्रममा २६ जनामा मोतिया विन्दु फेला परेको बताइएको छ । मोतिया विन्दुको कृष्णनगरमा निःशुल्क सल्यक्रिया हुने आयोजक संस्थाका अध्यक्ष सुवेदीले जनाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP