Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

माओवादीबाट निर्वाचित दुई वडाध्यक्षलाई कारबाहीको सिफारिस

धनकुटा : नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा पार्टीबाट निर्वाचित २ जना वडाअध्यक्ष पार्टीबाट निष्कासित गरेको छ। 
माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाअध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाअध्यक्ष भरत थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

रायमाझी र थापा दुवै अन्य पार्टी प्रवेश गरेका कारणले पार्टीको विधानको धारा ५७ को ञ अनुसार पार्टीबाट निश्कासन गरेको पार्टीका धनकुटा संयोजक ऋषिराम ढुंगानाले जानकारी दिए। उनीहरुलाई वडाअध्यक्ष पदबाट पनि हटाउन जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरुको पद खारेज गर्ने कानुनी व्यवस्था रहेको छ।

पार्टी विरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टिकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रकृया पूरा गरेर पार्टीबाट निश्कासनको निर्णय गरिएको जिल्ला संयोजक ढुंगानाले बताए।

महालक्ष्मी ३ का वडाअध्यक्ष थापा गत कार्तिक ९ गते एमाले प्रवेश गरि एमाले महालक्ष्मी नगर कमिटीको सचिव बनेका छन् भने धनकुटा ९ वडाध्यक्ष रायमाझी एमालेको गतिविधिमा सक्रिय रहेका छन्।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP