Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

एमाले महाधिवेशनः २६ गते उम्मेदवारी मनोनयन, २७ गते मतदान

कपिलवस्तु ।

नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनका निम्ति एमाले कपिलवस्तुले निर्वाचन अधिकृतका निम्ति अभिमुखिकरण कार्यक्रम विहिबार जितपुरमा सम्पन्न गरेको जनाएको छ । महाधिवेशनका निम्ति कात्तिक २६ गते विहान ८ः०० बजे देखि ११ बजे सम्म प्रतिनिधीको मनोनयन तालिका रहेको निर्वाचन समितिले जनाएको छ ।

जिल्लाको क्षेत्र नं. १ का लागि ओदारी, २ का लागि जिल्ला पार्टी कार्यालय तौलिहवा, क्षेत्र नं. ३ का निम्ति ब्यापार संघ चन्द्रौटा र दलितका निम्ति गोरुसिंगेमा उम्मेदवारी मनोनयन दर्ता हुने एमाले कपिलवस्तुले जनाएको छ ।
त्यस्तै कात्तिक २७ गते १० बजे देखि वेलुका ३ः०० बजे सम्म मतदान समय तालिका रहेको एमाले कपिलवस्तुले जनाएको छ ।

मतदान केन्द्रहरु क्षेत्र नं. १ का लागि सिद्धार्थ क्याम्पस बुङ्गची र बग्दी विद्यालय, क्षेत्र नं. २ का लागि जिल्ला पार्टी कार्यालय तौलिहवा र गोरुसिंगे क्षेत्र नं. ३ का लागि चन्द्रौटा, गणेशपुर जिल्ला दलित मतदान केन्द्र गोरुसिंगे कायम गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

अभिमुखिकरण कार्यक्रम एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य विमला घिमिरे, एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारी लगायतले मन्तब्य राख्नु भएको एमाले जिल्ला सचिव बाबुराम आचार्यले बताउनु भयो ।

एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा एमाले नेताहरु कृष्ण पौडेल, डम्मर शर्मा लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताउनु भयो ।

एक दिवसिय अभिमुखीकरण कार्यक्रमा जिल्लाका ३२ जना निर्वाचन प्रमुख एवम् अधिकृतहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP