Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

प्रधानसेनापतिको भारत भ्रमण : मानार्थ महारथीदेखि ‘वाल अफ अनर’सम्म

काठमाडौं :  प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन्। भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका शर्मा शुक्रबार अपराह्न साढे ४ बजे आइपुग्ने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। 

भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा मंगलबार भारत गएका हुन्। भारतमा रहँदा उनले समकक्षी नरवणेसँग मंगलबार नै भेटवार्ता गरेका थिए।

पहिलो दिन नै भएको भेटमा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त छलफल पश्चात प्रधानसेनापति शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको थियो। त्यस्तै‚ उनलाई भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। 

महारथीको दर्ज्यानी

बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। उनले करिब १४ लाख भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी लगाएका हुन्।

नेपाल र भारतमा एकअर्काका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको उपाधि दिने प्रचलन छ। दुबै देशले औपचारिक समारोह नै गरेर मानार्थ सेनापतिको सम्मान दिने चलन सन् १९५० देखिकै हो।  त्यसरी भारतीय सेनाको मानार्थ प्रमुख लिने शर्मा नेपालका १५ औं प्रधानसेनापति हुन्।

सन् १९५० भारतीय सेनाका कमाण्डर इन चिफ केएम करिप्पादेखि चल्दै आएको यो परम्परा २०४६ सालमा भारतले लगाएको नाकाबन्दीमा एक पटक मात्रै रोकिएको थियो। भारतका १८ र नेपालका १५ प्रधानसेनापतिले एकअर्काको मानार्थ लिइसकेका छन्। 

चार वर्षअघि भारतले बिमस्टेक राष्ट्रहरुबीचको सैन्य अभ्यासमा नेपाललाई सामेल गराउन खोजेपछि असहज परिस्थिति सृजना भएको थियो।  भारतीय सेनापति नरवणेले नेपाल चीनतर्फ ढल्किएको भन्दै दिएको राजनीतिक अभिव्यक्तिले पनि तनाव भएको थियो।

नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय सेनाले सडक निर्माण गरेपछि थप तनाव सिर्जना भयो। पछि कूटनीतिक पहलबाट समस्या समाधन गर्ने सहमति भएपछि दुई देशको तनाव मत्थर  भएको छ। त्यसपछि गत कात्तिक २० गते भारतीय स्थल सेना प्रमुख नरवणेलाई राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको सम्मान दिएकी थिइन्।​

उच्चस्तरीय भेटघाट

प्रधानसेनापति शर्माले बिहीबार उच्चपदस्थ भारतीय अधिकारीसँग भेटवार्ता गरे। उनले रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुब्रमण्यम जयशङ्करसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको भेटवार्तामा सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल–भारत सम्बन्धका विविध विषयका साथै पारस्परिक हित र चासोका मुद्दामा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

त्यसैगरी रक्षामन्त्रीसँगको भेटमा नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मक स्तरमा संयुक्त भ्रमण, संयुक्तरूपमा विपद् व्यवस्थापनका विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ। यस्तै‚ शर्माले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच दुई देशको सुरक्षासम्बन्धी साझा चासोका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ। 

यसैबीच, नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उनलाई ‘वाल अफ अनर’बाट विभूषित गरेको छ। उक्त सम्मान पाउने शर्मा पहिलो व्यक्ति हुन्। सन् २०१३ मा प्रधानसेनापति शर्माले उक्त कलेजबाट प्रतिरक्षा तालिम गरेका थिए। 

मोदीको नेपाल भ्रमणको तयारी

नेपाल भारतको सम्बन्धमा सुधार आएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। मोदी बाला चतुर्दशी या वसन्त पञ्चमीमा नेपाल आउन सक्ने नेपाली उच्च अधिकारीले जनाएका छन्।

त्यसका लागि तयारी थालिएको ती अधिकारीको भनाइ छ। उनी कुनै पर्व पारेर नेपाल आउने भन्दै त्यसका लागि तयारी थालिएको उनले बताए।

गत नोभेम्बर २ मा स्कटल्याण्डको ग्लास्गोमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएकाे थियो। देउवाले त्यही अवसरमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। स्वदेश फर्किने क्रममा देउवाले मोदीलाई भ्रमणको निम्ता दिएको र उनी पनि सकारात्मक भएकाे प्रतिक्रिया दिएका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP