अनिल थारू, कपिलवस्तु ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृध्दिले शुक्रबार देशभर विराेध प्रदर्शन भएकाे छ । यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले पेट्रोलियम पदार्थको मूल्य बृध्दिकाे विराेध प्रदर्शन गरेकाे छ ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कपिलवस्तुकाे विजयनगर गाउँपालिका, शिवराज, कृष्णनगर, महाराजगन्ज, बाणगंगा, बुध्दभूमी, कपिलवस्तु नगरपालिका लगायत विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध प्रदर्शन गरेका हुन् ।

पार्टीका नेता कार्यकर्ताले मसाल जुलुस निकाल्दै विरोध प्रदर्शन गरिएकाे नेपाल कम्युनिष्ट पार्टीले जनाएकाे छ । पार्टीका कार्यकर्ताले मूल्य बृध्दि फिर्ता गर, संसदीय व्यवस्था खरेज गर र भ्रष्ट सरकार राजीनामा दे भन्दै नारासमेत लगाएका थिए ।
यसरी कपिलवस्तुकाे कृष्णनगरमा विराेध प्रदर्शन गरिरहँदा प्रहरीले हस्ताक्षेपसमेत गरेकाे युवा संगठन तथा कृष्णनगर र महाराजगन्जका इन्चार्ज बादलले जानकारी दिए ।
यस्तै विजयनगर गाउँपालिकाका इन्चार्ज राजेन्द्र प्रताप शाहले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्य बृध्दि गरेर जनतामाथि सरकारले अन्याय गरेकाे बताए । सरकारले मूल्य बृध्दि फिर्ता नगरे सशक्त ढंगबाट आन्दोलनका कार्यक्रम सार्दै जाने चेतावनीसमेत दिए ।

विभिन्न विद्यार्थी संगठन, नेपाल कम्युनिष्ट पार्टीले देशभर विराेध प्रदर्शन गरि रहँदा पनि आयल निगमले बढेको मूल्य फिर्ता नहुने जनाएको छ ।
यद्यपि सरकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए क्रमशः ३० गतेसम्म विराेधका कार्यक्रम गर्दै जाने नेपाल कम्युनिष्ट पार्टीले घाेषणासमेत गरी सकेकाे छ । आयल निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो।
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बृद्धि गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया