Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

देशैभर एकै साथ महाधिवेशन प्रतिनिधि चयन गर्दै एमाले

काठमाडौं : नेकपा (एमाले)ले आगामी दशौं राष्ट्रिय महाधिवेशनका लागि आज देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ। १ हजार ९९९ प्रतिनिधिको छनोट आज एकै पटक हुन लागेको हो।

संगठित सदस्यताका आधारमा एमालेले प्रतिनिधि छनोट गर्नेछ। यसअघि कतिपय ठाउँमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट गरिसकिएको छ भने बाँकी रहेका ठाउँमा आज पनि सर्वसम्मत रुपमै प्रतिनिधि छनोट गरिने बताइएको छ। एमालेसँग हाल देशभर ८ लाख १० हजार संगठित सदस्य छन्। त्यसमध्येबाट प्रतिनिधि छनोट गरिनेछ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जनाप्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ। यो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जनाप्रतिनिधि चयन हुनेछन्। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनु पर्नेछ।

यस्तै, देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने १ जनाप्रतिनिधि, यस संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जना निर्वाचित हुने मापदण्ड बनाइएको छ। एमाले दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गते चितवनमा हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP