Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

सभापति देउवाबिरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता विवाद केन्द्रमा आइपुगेको छ । केन्द्र आइपुगेसँगै सभापति देउवाबिरुद्ध आन्दोलनको घोषणासमेत भएको छ ।

पार्टीको विधान र जिल्ला कार्यसमितिको निर्णयविपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै डडेल्धुराका असन्तुष्ट नेता कार्यकर्ताहरुले मंसिर १ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निरन्तर धर्ना दिने भएका हुन । डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लले सानेपामा पत्रकार सम्मेलन गर्दै विधानविपरीत बाँडिएको क्रियाशील सदस्यता सच्याएर पुनः अधिवेशन नगरिए आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिनुभएको छ ।

‘शेरबहादुर देउवालाई डडेल्धुराबाट ६ पटक सांसद जिताएर ५ पटक प्रधानमन्त्री र कांग्रेसको सभापति बनायौं । तर उहाँकै नेतृत्वमा कांग्रेसका इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम भएको छ । हाम्रो माग सम्बोधन नगरिए जस्तोसुकै आन्दोलनका लागि तयार छौं’, मल्लले भन्नुभयो। मल्लले डडेल्धुराका ५२ वटा वडामध्ये ४३ वटा वडामा जिल्लाबाट स्वीकृत क्रियाशील सदस्यता नामावलीमा व्यापक हेरफेर गरिएको आरोप लगाउनु भयो ।

‘क्रियाशील सदस्यता विधिवत रुपमा तल्लो तह वडा, पालिका, प्रदश हुँदै जिल्ला कार्य समितिबाट निर्णयसहित सिफारिस भएका ४ सय ६० सदस्यता खारेज गरिनु र कुनैपनि तहबाट सिफारिस नै नभइ स्वतः ३ सय २१ क्रियाशील सदस्यता थपिनुका साथै यस्ता थुप्रै खालका गम्भीर कमजोरी रहेका छन्’, मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला समितिसँगको सहमतिविपरीत वडा अधिवेशन सम्पन्न भएको घोषणा गरेको भन्दै मल्लले ‘कथित’ वडा अधिवेशन मान्य नहुने बताउनु भयो । उनले डडेल्धुराका ३ हजार बढी क्रियाशील कांग्रेस कार्यकर्ताहरु मंसिर १ देखिको आन्दोलनमा सहभागी हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP