अनिल थारु,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले जिल्ला भित्र रहेको विभिन्न ठाँउमा सिठ्ठी जुलुस गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेका कारण नेपाल बन्दको आह्वान गरेको छ । शिवराज नगरको बनकत्ता बाट सुरु भइ शिवपुर, भलुही,समिती चोक , चन्द्रौटा बजार हुँदै बेलौटी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेकपा शिवराज नगर इन्चार्ज पाबेलले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन युवा संगठन कपिलवस्तु जिल्ला सदस्य योगेन्द्र पुनले गरेको थिए । नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध चरणबद्ध संघर्ष गरिरहेको छ । सिठी जुलुसमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध नाराबाजी गरिएको छ । नेकपाले देउवा–प्रचण्ड–माधव नेतृत्वको गठबन्धन सरकारले जनताको ढाड सक्नेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको विरुद्धमा देशव्यापी आन्दोलनको सिर्जना गरेको र बाध्य भएर ३० गते नेपाल बन्द गर्न लागेको हुँदा यो जनजिविकाको सवाल भएको हुँदा सहयोग गर्न सबै सुदूर–पश्चिमबासीमा अपिल गर्दै भोलि कार्तिक ३० गते नेपाल बन्दको आब्हान समेत गरेका हो ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कपिलवस्तुकाे विजयनगर गाउँपालिका, शिवराजनगर , कृष्णनगर, महाराजगन्ज, बाणगंगा, बुध्दभूमी, कपिलवस्तु नगरपालिका लगायत विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध सिठी जुलुस प्रदर्शन गरेका हुन् । नेपाल बन्द सफल पार्न सम्पूर्ण जनसमुदायलाई नेकपाले अपील गरेको छ ।
यसैबीच आजै कपिलवस्तु जिल्लाको यसोधारा गाउँपालिका कमिति अन्तर्गत पार्टी सदस्य सम्मको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुवको प्रमुख आतिथ्यमा भएको प्रशिक्षणमा अतिथिहरु नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु अर्घाखाँची जिल्ला इन्चार्ज जुझारु, नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला सेक्रेटरी कमलको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया