Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता दिन्छौं ः मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन्।

साथै पूर्ववर्ती सरकारबाट राजनीतिक नियुक्ति पाएकाहरूसँग पदबाट राजीनामा दिन आग्रह पनि उनले गरेका छन्।

विराटनगरस्थित मन्त्रालयमा बिहीबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

उनले यसअघिको सरकारबाट राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन आग्रह गरे। निवर्तमान मुख्यमन्त्री भीम आचार्यले आफ्नो दुईमहिने कार्यकालमा राजनीतिक निकै नियुक्ति गरेका थिए।

मन्त्री आङ्बोले राजनीतिक पूर्वाग्रहका आधारमा पूर्ववर्ती सरकारले अघि बढाएका कार्यक्रम बीचैमा तुहाउने, फाल्ने वा अहिलेसम्म भएका लगानीलाई बालुवामा पानी हालेजस्तो बनाएर खेर फाल्ने पक्षमा नरहेको बताए।

‘सरकारले गरेका राम्रा कामहरू र हिजोदेखि सरकारले दायित्व सृजना गरेर अगाडि बढाएका कामलाई हामी निरन्तरता दिन्छौं,’ उनले भने, ‘हामी राजनीतिक पूर्वाग्रहका आधारमा पहिलेको सरकारले अघि बढाएका कार्यक्रमलाई बीचैमा तुहाउने, फाल्ने वा अहिलेसम्म भएका लगानीलाई बालुवामा पानी हालेजस्तो बनाउने पक्षमा हामी छैनौं।’

उनले अनुत्पादक क्षेत्र र व्यक्तिगत स्वार्थकेन्द्रित भएर आएका कार्यक्रम खारेज गरिने बताए।

उनले प्रदेश १ को बजेट पुनरावलोकन गर्नेसमेत बताएका छन्।

उनले बजेट पुनरावलोकन गर्दा गठबन्धनमा रहेका दलहरूको साझा महत्वका योजना पनि समावेश गरिने बताए।

उनले भने, ‘सरकारले आफ्ना प्राथमकिता समेटेर नयाँ कार्यक्रमलाई अगाडि बढाउने सोच बनाएको छ।’ 

मंसिर महिनाभित्र बजेटको पुनरावलोका गरी पुसबाट कार्यान्वयनमा जाने तयारी रहेको जानकारी उनले दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP