Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस कपिलवस्तुको प्रदेश सभा निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा, कृष्णनगर क्षेत्रमा मात्रै निर्विरोध !

दीपा महत, वाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुमा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ । शनिबार विहान ९ बजेदेखि साँझ ३ बजेसम्म निर्वाचन कार्यतालिका तोकेको कांग्रेसले शुक्रबार उम्मेदवारी दर्ताको काम सम्पन्न गरेको छ ।

६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा एक क्षेत्र बाहेक अन्य ५ क्षेत्रमा चुनावी प्यानल खडा भएको छ । प्रतिनिधिसभा ३ को ‘ख’ मा मुक्तेश्वर मिश्रा सर्वसम्मत प्रदेश निर्वाचन क्षेत्रको सभापति बन्नुभएको छ । यद्यपि अरु पदाधिकारीमा के भयो उक्त क्षेत्रको निर्वाचन समितिले सबै नतिजा सार्वजनिक गरेको छैन् । यो कृष्णनगर क्षेत्रमा पर्दछ ।

सभापति शेर बहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पक्ष बीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा यसभन्दा अगाडि सम्पन्न १० वटै स्थानीय गाउँ तथा पालिका अधिवेशनमा चुनावबाट नेतृत्व छनौटले प्रष्ट पारेको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगत प्रतिनिधिसभा १ को ‘क’ मा दुर्गा केसी र मंगल प्रसाद थारु बीच प्यानलै खडा भएको छ । दुवै पक्षले शुक्रबार उम्मेदवारी दर्ता गरेका छन् । केसी देउवा प्यानलबाट चुनाव लड्नुभएको हो भने थारुलाई पौडेल प्यानलको समर्थन छ ।

प्रदेश सभा ‘ख’ मा बलीउद्धिन मुसलमान र प्रमेश्वर पाठक बीच प्रतिस्पर्धा हुने भएको छ । मुसलमानलाई अतहर कमाल मुसलमान र सुरेन्द्रराज आचार्य लगायतको साथ छ भने पाठकलाई दीपकुमार उपाध्याय, राजेश आचार्यको समर्थन रहेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा ‘क’ मा रावेन्द्र सिंह र चन्द्रराम यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । यद्यपि स्रोतका अनुसार यादवलाई उम्मेद्वारी थुताएर सिंहलाई समर्थन गर्न कांग्रेस नेतृत्व लागिपरेको छ ।

यता प्रदेश सभा ‘ख’ मा गिरिजेश पाण्डेय र प्रकाश गैरेले सभापतिको लागि उम्मेद्वारी दर्ता गराउनुभएको छ । पाण्डेय तत्कालिन क्षेत्र नं. २ का क्षेत्रिय सभापति हुनुहन्छ । गैरेसंग चुनावमा होमिनुभएका पाण्डेयलाई नेता सुधाकर पाण्डेय लगायतको समर्थन छ । गैरेलाई भने कांग्रेसको पौडेल पक्षले समर्थन गर्ने प्रवल सम्भावना देखिएको स्रोतले जनाएको छ ।

प्रतिनिभिसभा ३ अन्तरगत प्रदेश सभा ‘क’ मा गोविन्द केसी र देवबहादुर भारती बीच सभापतिका लागि उम्मेद्वारी परेको छ ।

कांग्रेस कपिलवस्तुको निर्वाचन गराउने जिम्मेवारी पाउनुभएका निर्वाचन अधिकृत घनश्याम पन्तले सभापति बाहेक कतिपय क्षेत्रका पदाधिकारी सर्वसम्मत चयन भैसकेका मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । सबै क्षेत्रको नतिजा अझै आइनसेको भन्दै निर्वाचन अधिकृत पन्तले शनिबार साँझसम्म सबै क्षेत्रको नतिजा आउने बताउनुभयो ।

यता उम्मेद्वारी दर्ता गरेसंगै उम्मेदवारहरु आफ्नो पक्षमा नतिजा पार्न लागिपरेका छन् । आ-आफ्ना मतदाता समक्ष उम्मेदवारले चुनावी जितेपछि आफुले गर्ने काम सार्वजनिक गरिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP