Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एमालेले चितवनमा भएभरको शक्ति लगाए पनि माओवादी नै एक नम्बर : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र माओवादीलाई क्षति पुर्याउने लक्ष्यका साथ एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताउनुभएको छ ।

आज रौतहटको कटहरीमा भएको जनसभामा अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई सिध्याउन भन्दै एमालेले सम्पूर्ण शक्ति चितवनमा केन्द्रित गरे पनि माओवादीलाई हराउन सक्ने तागत एमालेसँग नभएको दाबी गर्नुभयो ।

चितवनमा माओवादीलाई कमजोर बनाउने एमालेको योजनालाई त्यहाँका नागरिकले सफल हुन नदिने प्रचण्डको भनाइ छ । आउँदो चुनावमा माओवादीले २०६४ सालमा जस्तै विजयी प्राप्त गरेर पहिलो दल बन्ने सम्भावना देखेको प्रचण्डको जिकिर छ । देशमा संघीयता, गणतन्त्र, पछि परेका समूदाय, मधेसी लगायतलाई अधिकार दिलाउने काम माओवादीले नै गरेकाले चुनावमा त्यसको गुन तिर्न प्रचण्डले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP