Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाण्डौलाई नमूना राजधानी बनाउन विद्युतीय गाडी सञ्चालन गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डाैलाई नमूना राजधानी बनाउन विद्युतीय गाडी सञ्चालन गर्नुपर्ने बताउनुभएकाे छ ।

राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थले देशमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाण्डौ बनाउन पनि विद्युतीय गाडीको प्रयोग अति आवश्यक भएको स्पष्ट पार्नुभयो ।

शनिबार काठमाण्डौ स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशको आत्मनिर्भरतको निम्ति, काठमाण्डौ उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराउनु भयो । राष्ट्रपति भण्डारीले काठमाण्डौ उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।

उहाँले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताउनु भयो । राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गर्नुभयो । उहाँले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढ्न सके देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाई नहुने बताउनु भयो ।

‘काठमाण्डौ उपत्यकामा विद्युतीय गाडीहरु सञ्चालनमा ल्याउने हो भने यहाँको वातावरण स्वच्छ हुन्छ र हामीले पेट्रोलियम पदार्थमा जुन बोझ बोकिराखेका छौं, त्यसबाट हामी मुक्त हुन सक्दछौँ’ राष्ट्रपति भण्डारीले भन्नु भयो, ‘त्यसैले हामीसँग स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डार जुन छ, त्यसलाई हामीले आत्मनिर्भरताको लागि किन प्रयोग नगर्ने ? काठमाण्डौ देशको राजधानी हो । यो नमूना हुन सक्छ । यसलाई नमूनाका रुपमा हामी अगाढि बढाउन सक्छौँ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP