काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन्।
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको सन्दर्भमा ओलीले संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्ने सम्बन्धमा आफ्ना धारणा विज्ञप्तिमार्फत राखेका हुन्।
यस्तै‚ उनले माओवादी र कांग्रेसको अनिच्छाका कारण शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको बताएका छन्। ओलीले एमाले सरकारमा रहँदा शान्ति प्रक्रियालाई पूर्णता दिन धेरै प्रयास गरे पनि सशस्त्र युद्धमा प्रत्यक्ष संलग्नहरुको अनिच्छाका कारण यो सम्भव नभएको उल्लेख गरेका छन्।
ओलीको विज्ञप्ति


राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया