Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एमाले महाधिवेशनमा भाँडभैलाे हुँदैन : सचिव विष्ट

काठमाण्डाै – नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीकाे आउँदाे महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताउनुभएको छ । 

आज मङ्गलवार नेकपा एमालेको स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताउनुभयो । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको सन्दर्भमा नेकपा एमालेलाई चारै तर्फबाट जुन ढङ्गले घेराबन्दी गर्ने प्रयत्न गरिँदैछ, षड्यन्त्र गरिँदैछ, प्रहारको निसाना बनाइँदै छ, यो कुरालाई गम्भीरताका साथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमाभित्र रहेर नै हामी महाधिवेशन सम्पन्न गर्छौँ । एमालेभित्र विवाद, अन्तरविरोध छैन । एमालेले स्वस्थ ढङ्गले, मर्यादित ढङ्गले, समझदारीका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्‍याैँ भनेर सन्देश दिन्छ । कार्यकर्तामा एकताको भावना पैदा गर्ने, कार्यकर्तामा उत्साह पैदा गर्ने, नागरिककाे अपेक्षालाई पूरा गर्ने, सशक्त, एकताबद्ध पार्टी निर्माण गर्ने गरी नै हामी भूमिका खेल्छौँ । यो महाधिवेशनमा कुनै पनि प्रकारको किचलो, समस्या हुँदैन ।’

एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गर्नुभयो । एमालेलाई गुटरहित र प्यानलरहित बनाउने गरी अघि बढ्ने पनि उहाँले बताउनुभयो ।

सचिव विष्टले भन्नुभयो, ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होला कि भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिँदैनौ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्ने गरी नै हामी अगाडि बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणका लागि हामी अगाडि बढ्छौँ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP