Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

काठमाण्डाै – सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको भाेलि बिहीवार बस्ने पूर्ण बैठक (फूल कोर्ट) ले यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ । 

सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बुधवार बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोला प्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो । सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसाेसिएशनका प्रतिनिधिसँग आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत रहेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मङ्सिर २ गते बिहीवारको ‘फूल कोर्ट’ ले गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो । याे निर्णय गएकाे सोमवार राजपत्रमा प्रकाशित समेत भइसकेको छ । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसाेसिएशनको पनि थियो । अब त्याे माग पूरा हुने भएको छ । 

सर्वोच्च अदालतमा गएकाे कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमित इजलास बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP