Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। 

दिउँसो एक बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले हिजै विश्वासको मत लिने भनिए पनि विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव मात्रै पेश गरेका थिए।  

हिजो पेश गरिएको प्रस्तावमा आज मत विभाजन हुनेछ। हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि उनले आज विश्वासको मत लिन लागेका हुन्।  पार्टीको महाधिवेशनका कारण प्रदेशसभा बैठकमा एमाले सांसद उपस्थित हुन नसकेका हुन्। 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको आज २९ औं दिनमा विश्वासको मत लिन लागेका हुन्।  कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन्। प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ। हाल सत्तारुढ गठबन्धनसँग २३ मत छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP