Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवस्था गम्भीर रहेको बताउनुभएको छ । प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आज बुधवार नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले दिएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर रहेको बताउनुभएको हो । उहाँले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकाले कार्यपालिकाबाट यसको हल हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्य प्रणालीसँग सम्बन्धित भएकोले समस्या समाधान हुन अब समय नलाग्ने बताउनुभयो । उहाँले न्यायपालिकाको समस्यालाई राजनीतिक दलहरूले सम्बोधन गर्न सके न्यायपालिकाको गुणात्मक सुधारको प्रक्रिया यही विन्दुबाट सुरु हुने बताउँदै यो विन्दु न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसङ्गतिको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढङ्गले जाने गरी अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष दाहालले न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी अघि बढ्छ भन्ने कुरा सारा विश्वले हेरिरहेको भन्दै धैर्यताको विन्दुभन्दा टाढा जान नसक्ने प्रष्ट पार्नुभयो । उहाँले न्यायपालिकाको समस्या समाधानको कुरा मात्रै नभइ यो आन्दोलन ठूलो विसङ्गति अन्त्य हुनेतिर नेपाल जाने विन्दु हुन सक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘यो न्यायपालिकाको मात्रै कुरा होइन, यो समग्र राज्य प्रणालीसँग सम्बन्धित कुरा हो । यो पटक यसलाई हामीले सम्बोधन गर्न सकियो भने न्यायपालिकामा त एउटा गुणात्मक सुधारको प्रक्रिया यही विन्दुबाट सुरु हुन सक्छ । न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसङ्गतिको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढङ्गले जाने विन्दु यो हुन सक्छ । यो सामान्य छैन । यो हाम्रो देशभित्रको मात्रै पनि कुरा छैन, अब त अन्तर्राष्ट्रिय पनि भइसक्यो ।

अब नेपालले के गर्छ भन्ने कुरा पूरा विश्वले हेरिरहेको छ, न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी लान्छन् त नेपालीले भन्ने कुरा सबैले हेरिराखेकै कुरा छ । म यूएन मिसनसँग कुरा गर्दैछु, त्यहाँ पनि यसको कुरा उठेकाे छ । हाम्रो धैर्यताको पनि एउटा विन्दुसम्म धैर्यता होला, तर हामीले गम्भीर छौँ भनिसकेका छौँ।  यो समस्या समाधानको मात्रै होइन, ठूलो विसङ्गति अन्त्य हुनेतिर नेपाल जाने विन्दु हुनसक्छ यो आन्दोलन ।’

अध्यक्ष दाहालले अहिले सभामुख बाहिर जानुभएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP