Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ। प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ। कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने  छ।

प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ। शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। 

प्रदेश नम्बर एकमा संस्थापन पक्ष र सिटौला पक्षका बीचमा सहकार्य भएको छ भने विभिन्न गुटमा विभाजित पौडेल समूहले पनि आफ्नो पक्षबाट सहमतिमै उम्मेदवारी दिएको छ।

प्रदेश नम्बर एकको सभापतिमा पौडेल समूहबाट गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ भने संस्थापनबाट उद्धव थापा प्रतिष्पर्धामा उत्रिएका छन्।  थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। केन्द्रमा सहकार्य भएपछि देउवाले प्रदेश एकको सभापतिमा सिटौला पक्षका उम्मेदवारलाई साथ दिएका हुन्।

त्यस्तै प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ। यो प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन्। त्यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ।

यो प्रदेशमा संस्थापनबाट इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्।  

गण्डकी प्रदेशमा पनि संस्थापन र संस्थापन इतरबीचमै प्रतिस्पर्धा हुनेछ। संस्थापनबाट अर्जुन जोशीले उम्मेदवारी दिँदा इतरबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन्। 

त्यस्तै लुम्बिनीमा प्रदेशमा संस्थापनबाट भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिएका छन्। 

 कर्णाली प्रदेशमा संस्थापनबाट ललितजंग शाहीले उम्मेदवारी दिँदा इतरबाट भुपेन्द्रजंग शाही उम्मेदवार बनेका छन्। त्यस्तै विमलेन्द्र निधिले मोतिराज बमलाई उम्मेदवार बनाएका छन्। 

सुदुरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बनेका छन् भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन्। 

प्रदेशसभाको सभापतिको उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि दुवै पक्षलाई उम्मेदवार छान्न कठिन भएको थियो। सोही कारण प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो।

प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ। कोषाध्यक्ष भने मनोनित पद हो।

प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसद प्रदेश अधिवेशनका मतदाता हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP