Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

बार प्रतिनिधिलाई ओलीकाे जवाफ : प्रधानन्यायाधीशकाे गल्ती छैन भन्नेहरूले महाअभियाेग दर्ता गर्छन् ?

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरू प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताउनुभएको छ । 

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दाबी गर्नुभएको हो । 

आज मङ्गलवार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोग गर्न भन्दै बालकोटमा रहेकाे आफ्नै निवासमा आइपुगेका नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्कसमेत गर्नुभयो । अनि कसरी उहाँहरूबाट महाअभियोग प्रस्ताव दर्ता हुन्छ ? उहाँको प्रश्न थियो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘सिद्धान्तका हिसाबले तपाईँहरूको कुरामा असहमति जनाउनुपर्ने छैन । स्वच्छ र निष्पक्ष न्यायालयले मात्रै न्याय दिने प्रयास तब मात्रै गर्न सक्छ, नत्र भने प्रयास नै गर्न सक्दैन । तपाईँहरूको भनाइसँग हाम्रो भनाइ के फरक छैन भने न्यायालय स्वच्छ र निष्पक्ष हुनुपर्छ । एउटा कुरा पनि सत्य हो– न्यायालय न स्वच्छ रहयो न निष्पक्ष । यसका निम्ति मैले अस्ति बोल्दा पनि भनेको थिएँ– क्यान्सर भएको छ भने कुखुरा मन्साएर, अन्डा मन्साएर, धरो चढाएर त्यसको उपचार हुँदैन । तपाईँहरूको थुप्रै कुरा जायज छन् ।

कुनै एउटा कुरा प्रस्थानविन्दु हुन सक्छ । अहिले प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थानविन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार हुन्छ भन्ने होइन । एक जना नेता (प्रचण्ड) ले भन्नुभयाे, प्रधानन्यायाधीश किन राजीनामा दिन तयार हुनुहुन्न ? वस्तुका लेनदेन भए कि, पदका लेनदेन भए कि । अरू के–केका लेनदेन भए ? अब हामी त देख्दैनौँ नि । अब सर्पको खुट्टा सर्पले देख्छ । श्रीमानजीहरूले भनेपछि न हामीले थाहा पायौँ, लेनदेन भएको रहेछ । एउटा कुरा के हो भने लेनदेन भएको होइन– नेपाली कांग्रेसको कोटाबाट कांग्रेसबाहेकको राजनीतिक नेताले भन्नुभयो– यो कांग्रेसको कोटाबाट उहाँलाई नियुक्त गरेको हो ।

प्रधानन्यायाधीशसँग कुनै लेनदेन भएको छैन । वरिष्ठ अधिवक्ताजीहरू, बारका अध्यक्षजीहरू, सर्वोच्च बारका अध्यक्षजीहरू, तपाईँहरूको महाअभियोग दर्ता हुन्छ कसरी ? दर्तै हुँदैन महाअभियोग । भनिराख्नुभएको छ त– श्रीमान् चोलेन्द्रजीको कुनै गल्ती छैन । कांग्रेसको प्रधानमन्त्रीले आफ्नो मान्छे, आफ्नो कार्यकर्ता नियुक्त गरे ।

सम्माननीय प्रधानमन्त्री त्यही भनिरहनुभएको छ– चोलेन्द्रशम्शेरजीले त होइन । त्यो त हाम्रो कार्यकर्ता, हामीले नियुक्त गरेको । उहाँले किन राजीनामा गर्नुभयो फेरि । उहाँले किन राजीनामा गर्नुभयो, थिएन भने त । तसर्थ, म चाहन्छु– साँच्चै न्यायालयलाई स्वतन्त्र, निष्पक्ष, न्यायिक मर्यादासहितको स्वच्छ न्यायालय बनाऔँ । हामी सबै मिलेर ।’

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताउनुभयो । उहाँले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले एकापक्षीय ढङ्गले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले कसैले डिफेन्स गर्नु पनि छैन, विरोध गर्नु पनि छैन । म कुनै व्यक्तिका लागि जीवन समर्पण गरेर आएको मान्छे पनि होइन । मलाई केही लिनुदिनु छैन । तर लोकतान्त्रिक मूल्य–मान्यता हुनुपर्‍याे । म संक्षिप्तमा भन्न चाहन्छु– न्यायालयलाई तत्काल सच्याएर लैजाने सम्भावना पनि मैले देखिरहेको छैन । किनभने यसलाई सच्याएर लैजान तपाईँ, हामी कति तयार छौँ त ? चोलेन्द्रशम्शरेले राजीनामा दिँदैमा वा महाअभियोग लगाउँदैमा त्यो सच्याउने कुराको सुरुवात भए त ठिकै हुन्थ्यो । तर त्यो त सच्याउने कुराको सुरुवात होइन ।’

अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाउमा नलाग्ने स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP