Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस महाधिवेशन : पहिलो चरणको तयारी पूरा, सभापतिको साझा उम्मेदवारका लागि इतर पक्ष आज पनि छलफलमा

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनकाे चुनावी प्रक्रियाका लागि पहिलो चरणको तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पर्सि काठमाण्डौमा उद्घाटन हुनुअघि भोलिसम्ममा देशैभरका वडा, गाउँ-नगर, जिल्ला र प्रदेश अधिवेशनको विवरण आइसक्ने बताउनुभयो ।

उहाँका अनुसार एक सय ६० वटा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । अहिले मनोनयन पत्र, मतपत्र कस्तो बनाउने भन्ने विषयमा समितिमा छलफल भइरहेको उहाँले बताउनुभयो । यसैगरी, उहाँले राष्ट्रिय सभा गृह, भृकुटीमण्डप र उद्घाटनस्थलमा गरेर तीन ठाउँमा मतदानस्थल रहने बताउनुभयो । उद्घाटनस्थलमा भने कार्यक्रम समापन पछि मतदानस्थल निर्माण हुनेछ । मतदानका लागि मतपत्र र विद्युतीय मेसिन दुवै प्रक्रियाका लागि केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको उहाँको भनाइ छ ।

पर्सि उद्घाटन भएपछि शनिबार मनोनयन दर्ता हुनेछ । २६ गते मतपत्र तयार हुने र २७ गते बिहानदेखि मतदान सुरु हुनेछ । पार्टीको विधान अनुरुप सभापतिका लागि पहिलो चरणमा ५० प्रतिशत प्लस १ भोट आउनुपर्छ, त्यो नभए दोस्रो चरणमा भएको मतदान र यसको छिनोफानो भएपछि मात्रै अन्य पदाधिकारी र सदस्यको मतगणना सुरु हुनेछ । यसैबीच, महाधिवेशनमा संस्थापनइतर पक्षले अझै सभापतिमा साझा उम्मेदवार बनाउन सकेको छैन ।

सभापतिको साझा उम्मेद्वार खोज्न हिजो बसेको संस्थापनइतर पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताउनु भएको छ । साझा उम्मेदवारमा सहमति गर्न आज पनि इतर पक्षको बैठक बस्दैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP