Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै – नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ ।

संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् ।

महामन्त्री शशाङ्क कोइरालाले पनि वरिष्ठ नेता पौडेलका लागि मात्रै आफूले दाबी छाड्ने बताउनुभएको छ । नेता विमलेन्द्र निधिले यसअघि नै सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । संस्थापन समूहमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले पनि चुनौती दिएको छैन ।

पौडेल समूहले उम्मेदवारीलाई अन्तिम रुप दिएपछि आफ्नो समूह घोषणा गर्ने देउवाको तयारी छ । पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि देउवालाई पनि उम्मेदवार छान्न सकस भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP