Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी

काठमाण्डाै – नेपाली कांग्रेस सभापति पदमा मुख्य चारसहित ६ जना नेताको उम्मेदवारी परेको छ। काठमाण्डौमा भैरहेको पार्टीको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो ।

यस्तै कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेर प्यानलसहित उम्मेदवारी दिनुभएको हो । संस्थापनइतर समूहमा भने सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रतिस्पर्धाबाट बाहिर बस्नुभएको छ ।

उहाँले कोइराला समूहलाई समर्थन गर्नुभएको छ । संस्थापनइतर समूह विभाजित भएपछि देउवालाई फाइदा हुने भएको छ । तर यसअघि नै देउवा समूहबाट अलग्गिएका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदार, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ तथा प्रकाशमान सिंह समूहबाट सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ ।

महामन्त्रीमा प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा, देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP