काठमाडौं : नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। भक्तपुरको गट्ठाघरमा शनिबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।
प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा भएको छ । बैठकको सुरुमा यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरुलाई शपथ गराइएको थियो।
त्यसैगरी केन्द्रीय कमिटी सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। आइतबार विहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटी गठन, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका ६ वटा एजेण्डा तय भएको रिजालले बताए। बैठकमा अध्यक्ष पदमा पराजित भीम रावल भने अनुपस्थित रहेको जनाइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया