Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

रामचन्द्रलाई भेट्न बोहोराटार पुगे प्रधानमन्त्री देउवा

फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुगेका छन्।  

शनिबार राति ९ बजे प्रधानमन्त्री देउवा पौडेल निवास पुगेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए। 

देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेका छन्। ४५ मिनेट भएको कुराकानीमा  देउवाले राष्ट्रका लागि रामचन्द्रको आवश्यकता रहेको बताए र राजनीतिबाट बाहिर हुने कुरा नगर्न पौडेललाई आग्रह गरेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

नेपाली कांग्रेसको जारी महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएका पौडेललाई देउवाले राजनीतिबाट बाहिर हुने कुरा नगर्न र स्वास्थ्य राम्रो राखेर बस्न भनेका छन्। 

पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त, आदर्श विपरित अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशन प्रक्रियाबाट बाहिरिएको प्रतिक्रिया दिएका थिए। 

‘कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न हिजो राती प्रधानमन्त्री शेरबहादुर देउवा पौडेलको निवासमा पुग्नुभयो । देउवाले राष्ट्रका लागि तपाईको आवश्यकता छ। राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस र स्वास्थ्य राम्रो राखे बस्नुस भन्नू भयो। पौडेलले महाधिवेशनमा मेरो सिद्धान्त आदर्श विपरित अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नुभयो,’ स्वकीय सचिव अधिकारीले भने।

आफ्नो गुटबाट सहमतिमा सभापतिको उम्मेदवार टुङ्गाउन नसकेका पौडेलले फुटको स्थितिमा पुगेपछि महाधिवेशन प्रक्रियामा सहभागी नहुने जनाएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP