Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एमाले बैठक : आज स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

काठमाडौं : नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएको छ।  शनिबारदेखि जारी एमालेको स्थायी कमिटी बैठकले आज पोलिटब्युरो गठनको प्रस्तावमा छलफल गर्ने भएको छ।

एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेन्डा छन् । शनिबार ९ एजेन्डामा छलफल भएको छ।  आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठनसहित बाँकी ६ एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी  दिए । 

१९ जना पदाधिकारी, स्थायी कमिटीका पूर्वसदस्य, नवौँ महाधिवेशनपछि पोलिटब्युरोमा रहेका १७ नेता तथा त्यस अघि पोलिटब्युरो सदस्य रहे पनि बीचमा छुटेका नेता मध्येबाट ४५ सदस्यीय स्थायी कमिटी बनाउने गरी अध्यक्ष केपी ओलीले गृहकार्य गरेका छन् । 

गृहकार्यबारे ओलीले शनिबार बसेको सचिवालय बैठकमा जानकारी गराएका थिए । त्यस्तै, कम्तीमा एक कार्यकाल निर्वाचित केन्द्रीय कमिटीको पूर्ण सदस्य रहेकामध्येबाट ९९ सदस्यीय पोलिटब्युरो गठन गर्ने तयारी छ । यिनै मापदण्डभित्र पूर्वमाओवादी समूहका नेताहरूलाई पनि समेट्ने ओलीको योजना छ ।

यस्तै बैठकले २३ पुसमा सबै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै, ८ माघमा सबै प्रदेशको अधिवेशन गर्ने निर्णय भएको छ।   फागुन मसान्तभित्र अधिवेशन गरिसक्न बैठकले सबै जनसंगठनलाई निर्देशन दिएको छ। त्यस्तै, माघ र फागुनमा देशभर पार्टी प्रवेश र महाधिवेशनको सन्देश सम्प्रेषणको अभियान सञ्चालन गर्ने एमालेको निर्णय छ । 

त्यसैबीच बैठकले विधानमा आवश्यक सम्पादन र नियमावली बनाउन उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सदस्यहरू खगराज अधिकारी र रमेश बडाल रहेको तीन सदस्यीय कार्यदल बनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP