Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आउने चुनावमा एमालेको जित सुनिश्चित छ : भीम रावल

धनगढी : नेकपा एमालेका नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने दाबी गरेका छन्। गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘एमालेको देशैभर राम्रो जनमत छ। आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उनले ठोकुवा गरे, ‘अब हामीले पार्टीसँगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’

यस्तै अर्को सन्दर्भमा उनले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएको र त्यो आवाज निरन्तर रहने बताए। महाधिवेशनमा हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उनले दाबी गरे।

यस्तै उनले आफूले पार्टी मिलाउन १० बुँदे सहमतिको खाका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताए। तर, शीर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उनले बताए। 

रावलले आगामी दिनमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP