Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

संघीय संसदको बैठक आजदेखि सुरू हुँदै‚ यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं : संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ। छुट्टाछुट्टै बस्ने बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश बैठकमा पेश हुनेछ।

त्यसै गरी रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि बैठकमा पेश गर्ने कार्य सूची छ।

आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ। अब बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे आजको संसदीय दलको बैठकले निर्णय गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न एमालेले बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP