काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (समाजवादी)ले एमसिसी सम्झौताविरुद्ध संकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गर्दै संघर्षको चेतावनी दिएको छ।
आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले मंसिर २३ गतेदेखि २८ गतेसम्म देशव्यापी रुपमा एमसिसीविरुद्धको हस्ताक्षर संकलन गरेर सार्वजनिक गरेको हो।
‘राष्ट्रिय स्वाधिनताको रक्षार्थ सम्पूर्ण क्रान्तिकारी, देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरू एकजुट होऔ, राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको हस्ताक्षर अभियानमा सहभागी बनौं’ भन्ने मुल नाराको साथ हस्ताक्षर संकलन गरेको समाजवादीले जनाएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसिसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसविरुद्ध १० लाख जनाको हस्ताक्षर गरेर आफ्नो दलले ऐतिहासिक काम गरेको दाबी गरे।
उनले नेपाल सरकारले गर्न लागेको एमसिसी सम्झौता जनताको हितमा नभएको तर्क गरे। शासन र सत्ता गरिरहेका नेताहरूको कारण नेपाली जनताको टाउकोमा ठूलो बज्रपात देखिएकोसमेत उनले आरोप लगाए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया