Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस सभापतिमा देउवा ८७८ मत अन्तरले विजयी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन्। दोस्रो चरणमा आज भएको मतदानमा सभापति पदका अर्का उम्मेदवार डा.शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा विजयी भएका हुन्। सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो। जसमा देउवाले २७३३ र कोइरालाले १८५५ प्राप्त गरेका छन्। ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

पहिलो चरणमा सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाले दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए। 

पहिलो चरणमा तेस्रो, चौथो र पाँचौ स्थानमा आएका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सघाएका थिए। कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्।

पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो। पहिलो चरणमा देउवाले २२५८ अर्थात ४८ दशमलव २३ प्रतिशत मत प्राप्त गरे भने डा.कोइरालाले १७२९, सिंहले ३७१, निधिले २४९ र गुरुङले २२ मत प्राप्त गरेका थिए। कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ।  यदि ५० प्रतिशत नकाटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP