Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटना बढ्यो : मन्त्री कार्की

विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढेको बताएका छन्। सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ मा सुरु भएको ट्राफिक सप्ताहको उदघाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्।

उनले प्रत्येक व्यक्ति सचेत भएमात्र दुर्घटना न्यूनीकरण हुने र यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए। ‘दुर्घटना नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्छ,’ उनले भने, ‘ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिनुपर्छ र कसैले सोर्स लगाउँदैमा छाड्न हुँदैन।’

सामाजिक विकासमन्त्री जयराम यादवले दुर्घटना न्यूनीकरणका लागि खर्च गरिएको बजेट अन्य क्षेत्रमा खर्च गर्न सकिने बताए। ‘दुर्घटना न्यूनीकरण गर्नका लागि बजेट खर्च भइरहेको छ, तर सबै सचेत भएको अवस्थामा यस क्षेत्रमा बजेट खर्च गर्न पर्दैन,’ उनले भने, ‘यस क्षेत्रमा खर्च भएको बजेट अर्को क्षेत्रमा सदुपयोग गर्न सकिन्छ।’

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको जानकारी दिए। सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनको भनाई थियो।

भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्नका ट्राफिक सप्ताह सुरु गरिएको उनले बताए। चालु आव ०७७/७८ मा  प्रदेश १ मा ४ सय ४४ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाइसकेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश १ ट्राफिक प्रहरी कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आइतबार सप्ताह सुरु भएको हो। यसमा जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक कार्यालय मोरङको  सहकार्य तथा समन्वय रहेको छ।

सप्ताहको पहिलो दिन आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र सामाजिक विकास मन्त्री जयराम यादवको उपस्थितिमा झाँकीसहितको सचेतनामूलक ¥याली निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ हुँदै बसपार्कसम्म पुगेको थियो।

सप्ताहअन्तर्गत सोमबार सामाजिक विकासमन्त्री जयराम यादवको उपस्थितिमा पैदललाई सडक, पेटी तथा जेब्रा क्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गति कम गर्न प्रेरित गर्ने तथा जेब्रा क्रसमा पैदललाई प्राथमिकता दिने, पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार तेस्रो दिन स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ट्रयाक्टर तथा साइकलमा रिफ्लेक्टर स्टिकर लगाउने, सडक प्रयोगकर्तालाई सडकमै प्रशिक्षित गर्ने र मास्क तथा सेनिटाइजर वितरण गरिनेछ।

सोही दिन मोरङका १४ विद्यालय छनोट गरेर स्कुल सम्पर्क कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिकसम्बन्धी प्रशिक्षण दिइने ट्राफिक प्रहरी निरीक्षक खड्काले बताए।

चौथो दिन प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख तथा विद्यार्थीसहित जनचेतनामूलक कार्यक्रम गर्दै प्रेसर हर्न नियन्त्रण, सवारीसाधनका नम्बर प्लेटको चेकजाँच, लेन अनुशासनको पालना गराउने एवं चालकलाई पर्चा बाँड्ने र ट्राफिक तथा नगर प्रहरीले ब्यानरसहित सडक पेटीको अतिक्रमण हटाइने उनले बताए।

पाँचौं दिन सामुदायिक प्रहरी सेवा केन्द्र र स्थानीय तहसँगको सहकार्यमा सरसफाइ गरिने र छैटौँ दिन दुर्घटनाका घाइते लक्षित गरी रेडक्रस, लायन्स तथा यातायात व्यवसायीको सक्रियतामा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने बताए।

अन्तिम दिन यात्रुलाई सचेतना जगाउँदै सवारीसाधनका आरक्षण सिटको अनुगमन गर्ने, जानकारीमूलक स्टिकर टाँस्ने, मास्क र सेनिटाइजर वितरण गर्ने, लायन्सद्वारा ट्राफिक चोकमा आइल्यान्ड स्थापना गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको खड्काले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP