Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेसमा १२६ पदको नतिजा सार्वजनिक, आजै मतगणना सकिने

काठमाडौं :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना अन्तिम चरणमा पुगेको छ। तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ। 

खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए। उनका अनुसार १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको पनि आजै नतिजा सार्वजनिक हुनेछ। बाँकी रहेको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने रावलले बताए। 

कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो। ‍पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको छ।

मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली देखिएका छन्। पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ।

महाधिवेशनको उद्‍घाटन गत मंसिर २४ गते भएको थियो। यसको तीन दिनपछि मंसिर २७ गते नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP