Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

बागमती प्रदेश : एमालेले मुख्यमन्त्रीको जवाफलाई नमान्ने

हेटौंडा : बागमती प्रदशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुको अनुपस्थितीमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दिएको जवाफलाई नमान्ने बताएको छ।

बिहीबार बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले एमालेले संसदमा उठाएको प्रश्नको जवाफ दिएका थिए।

तर, प्रदेशसभा बैठकमा उपस्थित नभएको एमालेले मुख्यमन्त्रीले दिएको जवाफलाई नमान्ने भन्दै सभामुखप्रति असन्तुष्टि जनाएको छ।

थाहाखबरसँग प्रतिक्रिया दिँदै एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले अर्को सूचना नआएसम्मका लागि संसद स्थगित गरेको केही समयमा नै पुनः संसद राखेर सभामुखले एमालेको विरुद्धमा काम गरेको बताए।

‘अर्को सूचना नआएसम्मको लागी संसद स्थगित भएपछि हाम्रो साथीहरु आ–आफ्नो घरतीर लाग्नुभयो।

तर,बाटोमा पुगिसकेपछि पुनःसंसद राखेको सूचना आयो। प्रतिपक्षीसँग छलफल नगरि, कार्यव्यवस्था परामर्शको बैठक नै नराखी के आधारमा फेरि बैठक बोलाइयो ?’उनले प्रश्न गरे।

निरौलाले सभामुखले बिहिबार स्थगित भइसकेको संसद फेरि बोलाएकोले आगामी दिनमा संसद चलाउन सभामुखलाई अप्ठेरो पर्न सक्ने चेतावनी समेत दिए।

‘आज जुन ढंगले सभामुखले बैठक सञ्चालन गर्नुभयो। त्यसले उहाँलाई आगामी दिनमा संसद चलाउन गाह्रो पर्न सक्छ’,उनले भने। 

निरौलाले आफूहरुको अनुपस्थितीमा मुख्यमन्त्रीले दिएको जवाफ नमान्ने भन्दै जबसम्म मुख्यमन्त्रीले एमालेलाई चित्तबुझ्दो जवाफ दिने र माफी माग्ने काम गर्दैनन् तबसम्म सदन चल्न नदिने चेतावनी दिए।

उनले बिहिबार बिहान बैठक बोलाएर मुख्यमन्त्री अनुपस्थित भएको र एमालेको सांसदहरु गइसकेपछि स्थगित भएको बैठक पुनः राखेर दिएको जवाफ नमान्ने बताएका हुन्।

उनले मुख्यमन्त्री पाण्डेले धादिङमा बोल्ने क्रममा दिएको अभिव्यक्तीको बारेमा संसदबाट माफी नमागेसम्म संसदको कुनैपनि काम कारबाही सञ्चालन हुन नदिने निरौलाले चेतावनी दिए। 

बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद तथा पुर्वमुख्यमन्त्री डोरमणी पौडेलले मुख्यमन्त्रीको अभिव्यक्तीको विरोध गर्दै आफ्नो सरकारले ल्याएको योजना कौती फिर्ता हुनुपर्ने र मन्त्रालय विभाजनको औचित्य पुष्टि हुनेगरि मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए।

पौडेलले समय माग गरेर बोलिसकेपछि एमालेको सांसदहरुले रोष्टमबाट उठेर अवरोध गरेका थिए।

एमालेको अवरोधपछि सभामुखले प्रदेशसभा बैठक बिहिबार बिहान ११ बजेको लागी राखेका थिए।

तर, निर्धारित समयभन्दा केहि ढिलागरि बसेको बिहिबार बिहानको बैठकमा पनि मुख्यमन्त्री उपस्थित नभएपछि आफूहरुले उठाएको जवाफ नआएसम्म संसद चल्न नदिने भन्दै एमालेको सांसदहरुले अवरोध गरेका थिए।

उनीहरुको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्मको लागी बैठक स्थगित गरेका थिए।

बैठक स्थगित भएलगत्तै प्रदेशसभा पुगेका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सभामुखसँग लामो छलफल गरेर बैठक राख्न आग्रह गरेका थिए।

मुख्यमन्त्रीको आग्रहपछि सभामुखले बिहिबार दिउँसो २ बजेको लागी बैठक आह्वान गरेका थिए।

तर, आफूहरु उपस्थित हुँदा प्रतिपक्षीलाई बेवास्ता गरेर मुख्यमन्त्री नआएको र स्थगित भइसकेको बैठक पुनः बोलाएको भन्दै एमाले बैठकमा अनुपस्थित रहेको थियो। 

एमाले अनुपस्थित रहेपछि सभामुख श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई जवाफ नदिन रुलिङ गरेका थिए। तर पनि मुख्यमन्त्री पाण्डेले संक्षिप्तमा जवाफ फर्काएका थिए।

बिहिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विषयगत समितीहरुले गरेको निर्णयको प्रतिवेदन पेस गरिएको थियो।

प्रदेशसभाको अर्को बैठक अर्को सूचना नआएसम्मको लागी स्थगित भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP