काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताउनुभएकाे छ । आज बिहीवार न्युज एनेन्सीसँगकाे अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘मानौँ अप्ठ्याराे नै पर्याे भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । टुट्दैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’
उहाँले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा नरहेकाे बताउनुभयाे । अध्यक्ष प्रचण्डले अनुदानको रूपमा देशकाे भाैतिक पूर्वाधार निर्माणको निम्ति आउने सहयोगलाई भने खुसीसाथ स्वीकार्नुपर्छ भन्नुभयाे ।
उहाँले एमसीसीबारे केही प्रश्न उठेकाले त्यसबारेमा दलहरूबीच समझदारी हुनुपर्ने र आवश्यक परे संशाेधन पनि गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नभयाे, ‘एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरू उठे र ती गम्भीर ढङ्गले उठे । पहिलो कुरा त यो विषयमा जहाँनेर त्रुटि भएका छन्, जुन–जुन प्रावधानले हामीलाई अप्ठ्याराे पार्ने जस्तो छ, ती प्रावधान सच्याइनुपर्याे । त्यसलाई स्पष्ट पारिनुपर्याे । जरुरी पर्दा संशोधन पनि गर्नुपर्याे । यो विषय अलि गम्भीर र संवेदनशील भइ नै सकेको हुनाले राजनीतिक दलहरूको बीचमा पनि अधिकतम समझदारीको प्रयास गर्नुपर्याे ।’
यस्तै प्रचण्डले एमसीसीबारे तीन सदस्यीय कार्यदलले अध्ययन गरिरहेकाे र त्यसले केही समय लिँदा पनि फरक नपर्ने बताउनुभयाे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया