Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आर्थिक क्रान्ति सफल बनाउन पर्यटन प्रवर्द्धन अपरिहार्य : मुख्यमन्त्री राई

इलाम : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्ति सफल बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन अपरिहार्य रहेको बताएका छन्।  माई नगरपालिका-१ बिहीबारेमा सुरु भएको ‘प्रथम तेह्रकुने सिमसार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको रूप संरक्षण गरे मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए।

उनले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान दिनसमेत बताए। पर्यटन प्रवर्द्धनको माध्यमबाट मात्रै प्रदेश १ लाई आर्थिक समृद्धिमा अघि बढाउन सकिने भन्दै मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको संरक्षणमा लाग्न आग्रह गरे।

बिहीबारदेखि शुरु भएको महोत्सव उद्घाटन समारोहमा प्रदेश सभा सदस्य काजीमान कागते, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भक्त केसीलगायतका वक्ताहरुले तेह्रकुने सिमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिए।

नगर प्रमुख दीपक थेबेले तेह्रकुने सिमसार क्षेत्रको विकासमा प्रदेश सरकार र संघीय सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए। महोत्सव उद्घाटनका क्रममा उराउ, राई, सुनुवार र लिम्बु समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। महोत्सव ११ पुससम्म सञ्चालन हुनेछ। महोत्सवमा १६ देखि २० हजार आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ।

महोत्सवमा यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (लोकल खुकुराको मासुको परिकार)‚ केरा, सिमल तरूलको विभिन्न परिकार उपलब्ध हुने आयोजक समितिका अध्यक्ष कहरसिंह राईको बताए।

चुरे क्षेत्रमा रहेको १३ कुने सिमसार क्षेत्रको प्रचारप्रसार गर्न आयोजना गरिएको महोत्सवमा सांस्कृतिक कार्यक्रम, खुला भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। साथै‚ सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चड्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP