काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका एक हजार ४८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्षले गर्ने जानकारी दिए।
‘बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको छ’, प्रवक्ता महराले बैठकपछि भने, ‘यसअघि पाँच प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याइएको हो।’ १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन्। माओवादीले यसअघि सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या एक सय ६ सय आठ हुने भएको छ।
अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजमाथि शनिबार बस्ने बैठकमा छलफल हुने महराले बताए। माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौंमा हुँदैछ।
पुनः बहुपदीय प्रणालीमा जाने प्रस्ताव
यस्तै केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्किने भएको छ। हाल कायम रहेको एक सय ७९ केन्द्रीय कमिटीमा एक सय २० जना थपेर नयाँ संरचनामा जान लागेको हो।
सम्मेलनबाट आउने २ सय ९९ केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाइएको छ।
देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले १५ पदाधिकारीको संख्याको सिफारिस गरेपछि माओवादी पुनः बहुपदीयमा प्रणालीमा जान लागेको हो।
१२४ केन्द्रीय सदस्य खुल्ला प्रतिस्पर्धाबाट आउने भए पनि दलित समुदायबाट ४५ जना, युवा ४८, मुस्लिम १५ जनालगायतको आरक्षण कोटा तय गरिसकेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया