काठमाण्डाै – नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्दैछ ।
केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले कांग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको जानकारी दिनुभयो ।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्यका लागि गएको मंसिर २७ गते चुनाव भएको थियो । १४औँ महाधिवेशबाट आएको कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आज बस्दैछ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया