Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

लुम्बिनी प्रदेश सरकारद्धारा द्वन्द्वपीडितको विवरण माग

रोल्पा : लुम्बिनी प्रदेश सरकारले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका, घाइते भएका तथा अंगभंग भएकाहरूको विवरण संकलन सुरु गरेको छ । सरकारले द्वन्द्व प्रभावित जिल्लाहरूबाट विवरण संकलन थालेको हो । रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सरकारले सबै खालका पीडितको विवरण पठाउन प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो ।

सरकारले विवरण मागे अनुसार माओवादी सशस्त्र द्वन्द्वबाट अति प्रभावित रोल्पाबाटसमेत विवरण पठाइएको स्थानीय प्रशासनले जनाएको छ । ‘हामीसँग मागेको विवरण पठाएका छौं । हालसम्म भएका विवरण संकलन गरेर पठाएका छौं ।’ प्रजिअ सापकोटाले भने । उनले सरकारले पीडितका लागि राहत दिने उद्देश्यले विवरण संकलन गरिएको हुनसक्ने बताए ।

माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मुलुकमै सबैभन्दा बढी द्वन्द्व पीडित छन् । सशस्त्र द्वन्द्वका बेला रोल्पामा करिब एक हजारले ज्यान गुमाएका थिए । राज्य र विद्रोही पक्षबाट जिल्लामा मात्रै ९ सय ४६ जनाको ज्यान गएकोमा राज्य पक्षबाट ७ सय ६२ को, विद्रोहीबाट १ सय ६५ को, दोहोरो भीडन्तमा ८ जना र पक्ष नखुलाइएका ११ जनाको ज्यान गएको थियो ।

प्रशासनका अनुसार हालसम्म राज्य पक्षबाट २७ र विद्रोहीबाट ६ जना गरी ३३ जना वेपत्ता भएका थिए । माओवादी सशस्त्र द्वन्द्वका क्रममा अपांग भएका ७७ जना छन् । उनीहरूलाई सरकारले जीवन निर्वाह भत्ता दिइरहेको छ । राहत लिएका अन्य अपांग ५ सय ९५ जना छन् । माओवादी सशस्त्र द्वन्द्वकै कारण मृतकका एकल महिला ३ सय २३ जना छन् भने वेपत्ताका एकल महिला ७ जना छन् ।

माओवादीले २०५२ साल फागुन १ देखि थालेको सशस्त्र द्वन्द्वका क्रममा २३ वटा प्रहरी चौकी ध्वस्त भएका थिए । सरकारले कतिपय प्रहरी चौकीको पुनःनिर्माण गरिदिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP