Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

संसदीय समितिका हरेक निर्देशन हुबहु पालना गर्छु : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले दिने हरेक निर्देशन हुबहु पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज मङ्गलवारको बैठकमा उहाँले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्णरूपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नुभयो । मन्त्री आलले भन्नुभयो, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई कुन ढाँचामा अघि बढाउने भन्ने सन्दर्भमा छलफल भइरहेको छ, निर्माणका लागि यसअघि चासो देखाएका कम्पनीसँग छलफल र परामर्श गरिने छ ।’

यसअघि बैठकमा सभापति पवित्रा खरेलले मिनी संसद्को रूपमा रहेको संसदीय समितिको निर्णय कार्यान्वयन किन हुन्न भनी मन्त्री आलेसँग जवाफ माग गर्नुभएको थियो ।

बैठकमा समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लगानी गर्नुभन्दा अघि नै कहाँ विमानस्थल बनाउनहुन्छ, कहाँ हुन्न भन्नेमा यकिन गरेर मात्र काम थाल्न तथा निर्माणमा देखिँदै आएको ढिलासुस्ती, बेवास्ता, गुणस्तरहीन र कमिसन लिन प्रतिस्पर्धा गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘भैरहवा विमानस्थलको टर्मिनल निर्माण चित्तबुझ्दो छैन, लापर्बाही भएको छ, पूर्वाधार निर्माण गर्दा दीर्घकालसम्म पर्ने प्रभावमा ध्यान दिन आवश्यक छ, निजगढ विमानस्थलको काम किन ढिलासुस्ती भएको छ, कसले काम हुन दिएको छैन, काम किन अघि बढेन, द्रुतमार्गकै छेउबाट रेल ल्याउनुपर्छ यसले खर्च बचाउँछ ।’ 

समिति सदस्यले निर्देशन कार्यान्वयनमा ध्यान पुर्‍याउन, नेपाल वायु सेवा निगमलाई दीर्घजीवी तुल्याउन, निजगढ, पोखरा र गौतमबुद्ध विमानस्थलका कामलाई तीव्रता दिन मन्त्रालय र सरोकारवाला निकायबीच समन्वय र सहकार्यको खाँचो रहेकाे उहाँले औँल्यानुभयाे । 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अघिकारीले गौतमबुद्ध विमानस्थलमा नियमित विद्युत् आपूर्तिको सुनिश्चितता गर्ने तथा अन्य कमजोरीमा सुधार गरी यथाशीघ्र विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP