काठमाडौं : माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौं आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्।
बिहिवार साँझ जिल्ला इन्चार्ज कुमार मोक्तानसहित माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।
माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोटनै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए। पार्टी प्रवेश पछी प्रतिक्रिया दिदै मोक्तानले बारा जिल्लाका हजारौ नेता कार्यकर्ता अब एमालेमा प्रवेश गर्ने बताए।
उक्त अवसरमा पार्टी केन्द्रिय सदस्य रेशम लामा लगायतको पनि सहभागिता रहेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया