Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाडौं : नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।  उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको थियो।

सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।

आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बजेदेखि ३.३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। ३.४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ। उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४.१० बजेसम्मको समय दिइएको छ।

आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४.४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताका लागि ५.३० बजेसम्मको समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली ५.४५ बजे प्रकाशन गरिनेछ।

आयोगका अनुसार आज साँझ ६.२५ बजेदेखि १०.२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ। माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP