काठमाडौं : नेकपा माओवादी केन्द्रको काठमाडौंमा पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा लागत एक करोड रुपियाँको हाराहारीमा रहने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएको छ।
महाधिवेशनमा सहभागी हुनुभएको १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा पनि यो रकम नबढ्ने व्यवस्थापनका जिम्मा पाएका नेता जगत सिंखडा बताउछन्।
कमलादीस्थितको प्रज्ञा भवनको हल भोलि आइतबारसम्म बुकिङ गरिएको बताउनुहुँदै उनले महाधिवेशनका लागि एक, दुई दिन थप समय लागेता पनि कार्यक्रमस्थल खर्च र खाजा खर्च मात्रै बढेको बताउछन्।
ुदिनमा एक पटकको खाजा खर्च मात्रै हो। महाधिवेशन प्रतिनिधिका लागि ३५० का दरले खाजा खर्च करिब १५ लाख हाराहारीमा लाग्छ। एक करोड खर्च लाग्दैन किनकि, हामीले महाधिवेशनलाई बैचारिक बहसमा केन्द्रित गर्यौं । अन्य दलहरुको जस्तो होइन, अनावश्यक तडकभडक गरेनौं।ु माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने सिंखडा भन्छन्। महाधिवेशन खर्च ५० लाखको हाराहारीबाट केही बढ्ने उनको भनाइ छ।
पार्टीको महाधिवेशनको आजको बन्दसत्र हलले विधान पारित गरेसँगै सर्वसम्मतबाट नेतृत्व चयन हुनुपर्नेमा माओवादी केन्द्रले जोड गरिरहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया