Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

माओवादी केन्द्रमा मतदान रोकेर मनोनयनको प्रयास, आज दिउँसो २ बजेपछि चुनावी प्रक्रिया

काठमाण्डाै – सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौँ महाधिवेशनको बन्द सत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ ।

महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ ।

संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३  बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ ।

माओवादीको निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति  साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ । हिजो दिउँसो १ बजे सुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘केन्द्रीय कमिटी सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने’ भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्ने प्रस्ताव गर्नु भएको थियो ।

 प्रचण्डको प्रस्ताव अनुमोदन भएपछि सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि महाधिवेशन आयोजक समितिमा दिनभर छलफल चलेको थियो ।

आयोजक कमिटीले हिजो बेलुका साढे ६ बजेसम्म प्रयास गर्दा पनि सहमति नजुटेपछि पौने ७ बजे सुरु भएको बन्द सत्र आज दिउँसो १ बजेसम्म गृहकार्य गर्ने भन्दै पुनः स्थगित गरेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP