काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन लगायत विषयमा निर्णय गर्नेछ। १४ औँ महाधिवेशनपछि कार्यगत हिसावले सोमबार पहिलो बैठक बस्न लागेको हो ।
यसअघि ११ पुसमा बैठक बसेपनि त्यो औपचारिकतामा सीमित बनेको थियो। यसपटक रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित महाधिवेशनमा छुटेका नेताहरू समेत बैठकमा सहभागी हुनेछन्।
देउवाले पौडेल र सिटौलासहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया