Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेसमा गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री थापा

अर्घाखाँची : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्।

आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सभालाई सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’

पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको बताए। एमालेबाट गाउँपालिका उपाध्यक्ष जितेकी लक्ष्मी गौतमलाई कांग्रेस प्रवेश गराउँदै उनले आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउने लक्ष्य रहेको सुनाए। उनले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लिएर आगामी आठ महिनामा १५ लाख जना प्रवेश गराउने बताए।

उनले भने, ‘औपचारिक रुपमा घोषणा नभए पनि आजैबाट पार्टी प्रवेश अभियान सुरु भएको छ। आज ५०० जना अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नुभएको छ। अब १४ लाख ९९ हजार ५०० लाई पार्टीमा ल्याउँछौँ। यहाँबाट फर्किने हरेकले थप एक जना पार्टी कसरी प्रवेश गराउने भन्नेबारे सोच्नु होला।’

आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने दाबी गरे। २०४८ सालमा बहुमत पाएको कांग्रेसले गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ थियो।

उनले भने, ‘यसपल्ट कांग्रेसले बहुमत पायो भने पाँच वर्ष देश चलाउँछ। २०७८ मा सरकारमा पुगेको कांग्रेस २०८४ सम्मै सरकार टिकाउँछ। कांग्रेसले २०४८ सालमा बहुमत पायो। आफ्नै गल्तीले सरकार टिकाउन सकेन। नेकपाले २०७४ मा बहुमत पायो, थेग्न सकेन। हामी आफ्नै र अर्काको गल्तीबाट पाठ सिकेर अघि बढ्छौं।’

यसपल्ट कांग्रेसले बहुमतको उपयोग कसरी गर्नेसमेत सिकाउने उनको भनाइ छ। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, सञ्जय गौतम, प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठले मन्तव्य राखेका थिए। 

नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम, विष्णुभक्त पोख्रेल, रेवति पौडेलसहित ४७५ जना कांग्रेस प्रवेश गरेको कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP